पञ्चकन्या ग्र्पद्धारा विरुवा गोडमेल, काँटछाँट, मलजल तथा सरसफाई कार्यक्रम सम्पन्न

  २०७३ भदौ ४ गते ४:११     विकासन्युज

panchakanayकाठमाडौं, ५ साउन । पञ्चकन्या ग्रपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ ।

विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यक्रम मा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको ग्रुपले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.