श्रम भिसामा नेपाल आउँने विदेशी बढ्दै, दिनहुँ एक हजार भन्दा बढिले माग्छन श्रम स्वीकृति

  २०७३ भदौ ६ गते १:०२     विकासन्युज

काठमाडौं ६, भदौ । नेपालमा नै श्रम भिसामा आउने विदेशी वर्षेनी हजार भन्दा बढी श्रम भिसामा आउने गरेका छन । कामको खोजिमा नेपाली बाहिरिरअध्यागमन विभागमा दिनहुँ एक न एक विदेशीले श्रम स्वीकृति मागिरहेको हुन्छ । यस्तो श्रम स्वीकृतिको माग गर्ने विदेशी दैनिक एक हजारभन्दा बढी हुने गरेको विभागले जानाकारी दिएको छ ।tourist_entry

देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशबाट बार्षिक एक हजारभन्दा धेरै विदेशी नेपालमा नै श्रम भिसा लिएर काम गर्न आउने गरेको विभागको तथ्यांकले देखाएको छ ।
अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत हुने रहेको उल्लेख छ ।

केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका छन् । ‘वर्किङ भिसा’मा काम गर्नेहरु धेरैजसो जलविद्युत र एनजिओ क्षेत्रमा छन् । नेपालमा आउने हरेक क्षेत्रका प्राविधिक जनशक्ति विदेशबाट ल्याउनुपर्दा पनि वर्किङ भिसामा नै आउने गरेका छन् ।
गृहमन्त्रालयको कार्यादेश र बिभिन्न मन्त्रालयको सिफारिसका आधारमा ‘वर्किङ भिसा’ दिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । उनका अनसार तीन हजारभन्दा धेरै विदेशी नेपालमा व्यावसायमा छन् । आर्थिक वर्ष ०७२र७३मा तीन हजार एक सय ७८ विदेशीले नेपालमा व्यावसाय गर्न भिसा लिएका छन् । नेपालमा व्यावसाय गर्नेमध्य सबैभन्दा धेरै चिनियाँ छन् । चिनियाँपछि कोरियन र जापानी छन् । नेपाली भारत जाँदा र भारतीय पनि नेपाल आउँदा भने भिसा लिनु नपर्ने व्यवस्था छ ।

नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थी एकहजार नौ सय ११ छन् । मेडिकल र भाषा पढ्न विदेशीहरु नेपाल आउने गरेका छन् । त्यसैगरी ४२ जना विदेशी नेपालमा आवासीय भिसा लिएर बसेका छन् । आवासीय भिसा लिएर जति वर्ष पनि बस्न पाइन्छ । त्यसका लागि आर्थिक स्रोत देखाउनुपर्ने हुन्छ । नेपालमा पर्यटन भिसामा आएर गैरपर्यटकीय गतिविधि बढ्न थालेको समाचार आएपछि अध्यगमनले विदेशी नागरिकले नेपाल आँउदा प्रयोग गर्ने भिसा विजनेश, पर्यटन, वर्किङलगायतका हुने जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.