शिखर शुको दशैं–तिहार योजना, जेन्स शुको खरिदमा लेडिज स्यान्डल उपहार

  २०७३ भदौ ६ गते ७:४५     विकासन्युज

SHIKHAR_CS_LOGOकाठमाडौं, ६ भदौ । नेपालको फुटवेयर ब्राण्ड शिखर शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित सो योजना ल्याएको हो ।

उक्त योजना अन्तगर्त शुले ‘शिखर धमाक्का, हरेक जेन्स शुजको खरिदमा, आकर्षक लेडिज स्यान्डल उपहार पक्का‘ सार्वजनिक गरेको छ । जस अन्तर्गत शिखर ब्राण्डका हरेक १५ सय रुपैयाँ(एमआरपी) वा सो भन्दा बढीको जुत्ता खरिदमा ग्राहकहरुले शिखरको एक जोर आकर्षक ‘लेडिज सेण्डल’ पक्का उपहार पाउनेछन् । यस योजनाबाट ग्राहकले तत्काल लाभ उठाउन सक्ने भएकाले यसको बिक्रीमा थप उत्साह थपिने कम्पनीले विश्वास लिएको छ ।

कम्पनीका अनुसार ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । शिखर सु अब कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब छ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.