२० वटा बैंकले बढाए प्रति सेयर आम्दानी, किन घट्यो विदेशी लगानीका ठुला बैंकको इपिएस ?

  २०७३ भदौ ६ गते १०:२६     नारायण पौडेल

काठमाडौं, ६ भदौ । आर्थिक वर्ष २०७२/७३ मा अधिकांश बाणिज्य बैंकको प्रति सेयर आम्दानी(इपिएस) उल्लेख्य मात्रामा वृद्धि भएको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण आर्थिक वृद्धिदर शुन्य दशमलब ७७ प्रतिशतमा खुम्चिँदा समेत बैंकहरुको प्रति सेयर आम्दानी ठुलै मात्रामा वृद्धि भएको हो ।

विदेशी लगानीमा सञ्चालित ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चाटर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको प्रति सेयर आम्दानी भने घटेको छ । नविल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एमएमबी, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको प्रति सेयर आम्दानी उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । प्रति सेयर आम्दानीलाई कुनै पनि वित्तिय संस्थाको मुल्यांकनको प्रमुख आधार मानिँदै आएको छ ।

नविल बैंकको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५२ पैसाबाट बढेर ५९ रुपैंयाँ ४१ पैसा पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ३० रुपैंयाँ ९२ पैसाबाट वृद्धि भएर ३५ रुपैंयाँ ८२ पैसा पुगेको छ । हिमालयन बैंकले पनि ३२ रुपैंयाँ ८७ पैसा रहेको प्रति सेयर आम्दानीलाई ४२ रुपैंयाँ ५८ रुपैंयाँ पुर्याएको छ ।

एमएमबी बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई २१ रुपैंयाँबाट बढाएर २८ रुपैंयाँ ६६ पैसा पुर्याएको छ । जनता बैंकले पनि आफ्नो प्रति सेयर आम्दानीलाई करिब दुई गुणाले वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७१/७२ मा जम्मा ७ रुपैंयाँ ३४ पैसा प्रति सेयर आम्दानी रहेको जनता बैंकले आर्थिक वर्ष २०७२/७३ मा आइपुग्दा १७ रुपैंयाँ ७९ रुपैंयाँ बनाएको हो । कुमारी बैंकले पनि प्रति सेयर आम्दानी करिब दुई गुणाले नै वृद्धि गर्दै १४ रुपैंयाँ ५१ पैसाबाट २७ रुपैंयाँ ४२ पैसा पुर्याउन सफल भएको हो ।

यस्तो छ २४ वटा बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी
epss-1111epss-222

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.