राष्ट्रिय सहकारी बैंकको नाफा २२ करोड भन्दा बढी

  २०७३ भदौ ७ गते ७:०२     विकासन्युज

national_cooperative_bankकाठमाडौं, ७ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७२/०७३ मा २२ करोड २२ लाख ९५ हजार नाफा आर्जन गरेको छ । गत आ.व. मा बैंकको मुनाफा १७ करोड ९० लाख २६ हजार रहेको थियो ।

शेयर पूँजी ७६ करोड ८२ लाख ६० हजार र निक्षेप संकलन सदस्य संघ/संस्थाहरुबाट ११ अर्ब ८३ करोड ८३ लाख र कूल जगेडा कोष २२ करोड ३५ लाख ७७ हजार रहेको छ । त्यसैगरी कर्जा लगानी तर्फ ७ अर्ब ६ करोड ३६ लाख ६३ हजार पुगेको बैंकले जनाएको छ ।

सहकारी बैंकले १ केन्द्रीय कार्यालय सहित ३७ वटा शाखा कार्यालय मार्फत ७५ जिल्लाका सदस्यहरुलाई सेवा पु¥याउदै आएको छ । बैंकले सदस्य संघ/संस्थाका लागि आवश्यक बिभिन्न प्रकारका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय तालिमहरुमा सहभागी गराउदैं आएको छ ।

सहकारी विभागबाट दर्ता भई संचालनमा आएको यस सहकारी बैंकले नेपाल राष्ट्र बैंक, लघुबित्त प्रबद्र्धन विभागबाट समय समयमा निरिक्षण तथा प्राप्त निर्देशनहरुको परिपालनाह गरी साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक वित्तिय विवरणहरु नेपाल राष्ट्र बैंकले तोके अनुसार पठाउने गरिएको छ ।

बैंकका अनुसार निश्क्रिय कर्जा ३ दशमलब ०६ प्रतिशत र पूँजीको औषत लागत ४ दशकलब ४ प्रतिशत रकेको छ । साथै, जोखिम भारित सम्पत्तिमा पूँजीको पर्याप्तता न्यूनत्तम ८प्रतिशत तोकेकोमा १० दशमलब ५४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ५२ दशमलब २७ प्रतिशत रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.