२०७३ भदौ ७ गते ८:२४ विकासन्युज
काठमाडौं, ७ भदौ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४७ औं शाखा रसुवा जिल्लाको टिमुरेबाट कारोबार संचालन गरेको छ । उक्त शाखा कार्यालयले ग्रामिण क्षेत्रमा संचालन हुने उद्योग, नेपाल चीनबीच सकमार्गबाट हुने वाणिज्य व्यापार तथा कृषिमा गरिने लगानीलाई सेवा पुर्याउने उद्देश्य लिइएको बैंकले जनाएको छ ।
मंगलबार एक समारोहकाबीच बैंकका नायब महाप्रबन्धक राजन कुमार अमात्यले गरेका हुन् । बैंकको हालसम्म आफ्ना ७ लाखभन्दा बढि ग्राहकहरुलाई ४६ वटा शाखाहरु तथा ४७ वटा शाखा रहित बैंकिङ् सेवा मार्फत सेवाहरु दिदै आएको छ ।
बैंकको हाल ८२ वटा एटिएमहरु संचालनमा छन् तथा ५ लाख ५० हजार भन्दा बढि ग्राहकले कार्डको प्रयोग गर्ने गरेका छन् । साथै, बैंकले चार पटक ‘बैंक अफ दि इयर’ को उपाधि प्राप्त गरे सँगै आर्थिक वर्ष २०६७/६८ देखी लगातार इक्रा रेटिङ् ‘‘ए’’ को मान्यता प्राप्त गरेको बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.