प्रभु बैंक र केइसी कलेजबीच सम्झौता, बैंकले प्रमाणपत्रको धितोमा तीन लाख ऋण दिने

  २०७३ भदौ ७ गते ९:३०     विकासन्युज

काठमाडौं, ७ भदौ । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ्ग कलेज (केइसी)मा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले कर्जा दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Photo_Prabhuउक्त सम्झौता बमोजिम काठमाडौं ईञ्जिनियरिङ्ग कलेजमा इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम् तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपयोग गर्न पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तानी गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई पनि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.