चोरका अनेक दाउ – होस गर्नुस्, क्रेडिट कार्डको नम्बर चोरेर एकाउन्टको पैसा सकाउलान !

  २०७३ भदौ ८ गते २:०९     विकासन्युज

काठमाडौं, ८ भदौ। प्रहरीले एक व्यक्तिलाई विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरेर अनलाइन पेमेन्टबाट लाखौंको सामान किनेको अभियोगमा पक्राउ गरेको छ ।

गत जेठदेखि पटक पटक गरी हिमालयन बैंकबाट अनलाइन पेमेण्ट सुविधा लिएको नियोटेरिक नेपाल न्यूरोड र जावलाखेलबाट जापानी नागरिकको नाममा जारी क्रेडिट कार्डको नम्बरमार्फत विद्युतीय समान किनेको अभियोगमा एक युवालार्इ प्रहरीले समातेको हो ।

credit card

अर्काको नाममा जारी क्रेडिट कार्डको नम्बर चोरेर सामसुङ, हुवावे र लेनोभोका महंगा मोवाइलहरु अनलाइबाट खरिद गरी ठगी गरेको अभियोगमा बागलुङको गलकोट-९, घर भई हाल बालाजुस्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा बस्ने गरेका तेजिन्द्र केसी गत एक गते प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको नम्बर लगायतका विवरणहरू भाइबरमार्फत पठाएका थिए ।

त्यही विववरणको दुरूपयोग गर्दै केसीले अनलाइन पेमेण्ट गरी विभिन्न ब्राण्डका मोबाईल खरिद गर्ने गरेको खुलेको छ ।

केसीले खरिद गरेका मोबाइलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई नियोटेरिकको न्यूरोड शाखामा लिन पठाउने गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।

किनिएका मोबाइल फोनहरु केसीले सिधै साथीहरूलार्इ दिई सापटी तिर्ने गरेको ब्यूरोले जनानएको छ । केसीले अनलाइन पेमेन्टबाट किनिएका मोबाइल फोन केही म्रूल्य घटाई पुन: बेचेको पनि खुलेको छ ।

ब्यूरोले केसी ले जापान पठाइदिन्छु भनेर तथा अन्य प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको पनि जानकारी दिएको छ । ब्यूरोले केसीबाट ठगिएकाहरूलार्इ सम्पर्क गर्न पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.