फेसबुकले बनाउँदैछ बैवाहिक जीवन धरापमा, रोमान्टिक सम्बन्धमा गम्भीर असर

  २०७३ भदौ ८ गते २:२४     विकासन्युज

काठमाडौ‌, ८ भदौ। फेसबुकबाट तपाईंलाई फाइदा भइरहेका बेला यसैले तपाईंको जीवनमा हानी पनि गरिरहेको थाहा नहुन सक्छ। फेसबुकको सुरक्षामा भएको सानो पनि लापरबाहीले तपाईंलाई साइबर अपराधबाट पीडित बनाउन सक्छ ।

यही सन्दर्भमा हालै भएको सर्भेका अनुसार फेसबुकको लतले बैबाहिक जीवनमा समस्या ल्याइरेहको देखाएको छ ।

एक सर्भेका अनुसार फेसबुक चलाउने लगभग ४७ प्रतिशत मानिसले आफू कुनै न कुनै बेला भावनात्मकरुपमा धोकाको शिकार भएको स्वीकारेका छन् ।

facebook love

सर्भेले फेसबुकका कारण भावनात्मक सम्बन्ध धेरै प्रभावित भएको पनि पत्ता लगाएको छ । लगभग पाँच हजार फेसबुक प्रयोगकर्तामाझ गरिएको यस सर्भेले फेसबुकले रोमान्टिक सम्बन्धमा गम्भीर असर पारिरहेको देखाएको छ ।

यस सर्भेका लागि ३३ वर्षको आसपासमा उमेरका भएका ५ हजार फेसबुक प्रयोगकर्ताहरुलाई चुनिएको थियो। १२ अप्रिलदेखि १५ अप्रिलसम्म गरिएको यस सर्भेबाट निकालिएको निचोडको नौ कुरा थाहा पाउनुस् ।

१. सर्वेका क्रममा करिब २६ प्रतिशत मानिसले फेसबुककै कारण आफ्नो जीवनसाथीबाट उपेक्षित भएको महुसस गरेको बताएका थिए । फेसबुक चलाएकै विषयलाई लिएर आफ्नो जीवनसाथीसँग झगडा हुने गरेको कुरा उनीहरुले बताएका थिए । अर्कातिर जीवनसाथीबाट भन्दा बढी फेसबुकबाट आफूहरुलाई ज्यादा निकटता  र आफ्नोपन महसुस हुने गरेको पनि सर्भेमा सहभागीले बताएका खुलेको छ ।

२. सर्भेमा करिब ४४ प्रतिशत मानिसले फेसबुकले आफूहरुको रोमान्टिक जीवनलाई बर्बाद पारिरहेको बताएका थिए । कयौं पटक उनीहरुका जीवनसाथीहरु समयलाई सदुपयोग गर्ने भन्दा पनि फेसबुकमा स्टाटस अपडेट गर्दै दिन बिताउन मन पराउने गरेको बताएका थिए ।

३. ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताहरुले आफूहरु फेसबुक चिटिङ्गको शिकार भएको पनि बताएका छन् ।

फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ।

४. ६७ प्रतिशत मानिसले एक भन्दा धेरै बिबाहोत्तर सम्बन्ध तथा धेरैजसो सम्बन्धबिच्छेदका लागि पनि महत्वपूर्ण भूमिका फेसबुकले नै खेलिरहेको बताएका थिए ।

५. सर्भेका क्रममा करिब ४६ प्रतिशत मानिसले ईर्ष्या र शंकाका कारण आफूले आफ्नो जीवन साथी या प्रेमीको फेसबुक क्षणक्षणमा हेर्ने गरेको बताएका थिए ।

६. करिब २२ प्रतिशत मानिसले फेसबुककै कारण आफूहरुलाई नचाहिँदो अवस्थामा पनि प्रेम या शारीरिक सम्बन्ध राख्ने सम्भावना या परिस्थिति बढाएको बताएका थिए ।

८. करिब ३२ प्रतिशत मानिसले फेसबुककै कारण सेक्स लाइफ पनि पहिले जस्तो नरही बिग्रन पुगेको बताएका थिए । सर्भेका सहभागीहरुले पटक पटक जीवन साथीको फेसबुक हेरिरहने बानीले सेक्स लाइफमा गहिरो असर परेको प्रतिक्रिया दिएका छन् ।

९. करिब १७ प्रतिशत महिलाले आफूहरु फेसबुककै माध्यमबाट बिहेपछि पनि या अर्को प्रेमसम्बन्धमा रहिसकेपछि पनि आफ्ना पूर्वप्रेमीको नजिकमा रहिरहेको बताएका थिए ।

रिसर्चका निर्देशक टिम रोलिन्सका अनुसार फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ।

उनले फेसबुकले नै मानिसहरुको माया नै मायाले भरिएको सम्बन्धमा भिलेनको काम भने गरिरहेको निचोड सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.