नेपाली जुत्ता घरको ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ योजना

  २०७३ असोज १२ गते १४:०७     विकासन्युज

काठमाडौं, १२ असोज । स्वदेशी ब्राण्डका जुत्ता बिक्रि गर्ने नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् ।

nepali_jutta_ghar_offer

साथै, स्क्रयाच कुपन मार्फत ५ देखि ५० प्रतिशत छुट वा ७५ देखि ५ हजार रुपैयाँसम्म नगद र चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्र मार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ ।

नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् ।

जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादित नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नेपाली जुत्ता घरमा बिक्रि वितरणका लागि राखिएको छ ।

जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्राण्डको पहिचान एवं नेपाली ब्राण्डको प्रवद्र्धननै रहेको छ । जुत्ता घरमा सबै खालका भेराईटी पाउनुका साथै समयको बचत एवं राजधानीको प्रमुख व्यापारिक केन्द्रहरुमा भएको हुँदा उपभोक्तालाई आफ्नो सेवा तथा सुविधा पुरयाउन सहज हुने विश्वास कम्पनीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.