रेनोल्टले ल्यायो दशैँ तिहार लक्षित ‘रेनोल्ट क्यासटिभल’ अफर

  २०७३ असोज १२ गते १५:२९     विकासन्युज

renaultकाठमाडौं, १२ असोज । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रालिले दशैँ तिहार लक्षित ‘रेनोल्ट क्यासटिभल’ अफर ल्याएको छ । यो अफर यही भाद्र १४ गते देखि कार्तिक २१ गतेसम्म लागू हुनेछ ।

रेनोल्ट क्यासटिभल अफरले सपनाकोे रेनोल्ट कार खरिद गर्न चाहने नेपाली ग्राहकहरुले यो अवधि भर उत्कृष्ट सुविधाहरु प्राप्त गर्नेछन् । महोत्सव अफरमा ग्राहकहरुले रेनोल्ट डस्टरको खरिदमा १ लाख २५ हजार रुपैयाँ तथा क्विडको खरिदमा ९० हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

क्यास ब्याकको अतिरिक्त, ग्राहकहरुले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्परका साथै जोडिहरुले (रेनोल्ट डस्टरको मोडेल आरएक्सजेड प्लस, आरएक्सजेड प्लस एएमटी, आरएक्सजेड प्लस एडब्लुडीको प्रतेक खरिदमा सिंगापुरको राउण्ड ट्रिपको टिकट फ्री जित्नेछन् । अफरको स्कीम लागू हुने अवधिसम्म कम्पनीले एक्सचेन्ज अफरका साथै न्यूनतम ब्याजदरमा मासिक किस्ताबन्दी र एक वर्षको लागि सडक कर छुट सुविधा उपलब्ध गराउनेछ, जसले गर्दा ग्राहकहरुले आफ्नो पुरानो गाडिहरु साटेर नयाँँ रेनो कार सहज रुपमा खरिद गर्न सक्नेछन् ।

रेनोल्ट फ्रेन्च बहुद्देशिय अटो मोबाईल उत्पादक हो, जून नेपाली बजारमा गत महिना मात्र प्रवेश गरेको हो । यो नेपालको सबैभन्दा ठूलो मध्ये एक व्यवसायीक समूह विशाल समूहसँग आवद्ध रहेको छ । एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक), ले नेपालमा रेनोका तोकिएका श्रेणीका क्विड तथा डस्टर कारहरु उपलब्ध गराईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.