केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना

  २०७३ असोज १२ गते १५:५१     विकासन्युज

काठमाडौं, १२ असोज । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन वासिंग मेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् ।

kl_tower_festival

दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् ।

जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको सपिङ भौचर पनि ग्राहले पाउने छन् ।

उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १० गते सुरु भएको कार्यक्रम कात्तिक २७ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.