सार्क सम्मेलनमा भाग लिन सवै सदस्य राष्ट्रलाई नेपालको आग्रह

  २०७३ असोज १३ गते १०:३६     विकासन्युज

काठमाडौं, १३ असोज । आगामी नोभेम्बर ९ र १० तारिखमा पाकिस्तानको इस्लामावादमा तय भएको १९ औं सार्क शिखर सम्मेदनमा सहभागी हुन नेपालले सबै सार्क सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ ।

भारत प्रशासित कस्मिरको उरीमा अघिल्लो साता भएको भारतीय सेनाको क्याम्पमा आतंककारी आक्रममा भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई दिदै आगामी सार्क शिखर सम्मेलनमा सहभागी नहुने प्रतिक्रिया दिएको थियो । सार्कको ब्यवस्था अनुसार कुनै पनि सदस्य राष्ट्र सहभागी नहुने भएमा शिखर सम्मेलन रोकिन्छ ।saarc

भारतको यस्तो प्रतिक्रिया लगत्तै अफगानिस्तान, बंगलादेश र भुटानले पनि सार्क शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका थिए ।

सार्कको अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले सार्क शिखर सम्मेलनमा सहभागी हुन अन्य मुलुकलाई आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सार्क शिखर सम्मेलनमा सहभागी हुन आग्रह गरेको हो ।

मन्त्रालयले हालसम्म भारत, अफगानिस्तान, बंगलादेश र भुटानले पाकिस्तानको इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा सुरक्षाको कारण देखाउँदै सहभागी नहुने जानकारी दिएको पनि स्पष्ट पारेको छ । हाल नेपाल सार्कको अध्यक्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.