टिभीएसका दुई नयाँ शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालन

  २०७३ असोज १३ गते १३:५३     विकासन्युज

tvsकाठमाडौं, १३ असोज । शंकर ग्रुप अन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले दुई नयाँ आधुनिक शो–रुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा ल्याएको छ । दुवै शो–रुम मार्फत टिभीएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त शो–रुममा टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० लगायत रहेका छन् । गत असोज १० गतेदेखि सञ्चालनमा आएका दुवै शो–रुममार्फत ग्राहकलाई फाइनान्स तथा एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुनेछ ।

कम्पनीले ७१औँ शो–रुम नेपालको उद्योग नगरी वीरगञ्जमा सञ्चालनमा ल्याएको हो । वीरगञ्जमा टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताका रुपमा म्याक्स अटो प्रालि अनुबन्धित भएको हो । उक्त शो–रुमको आलोक काब्राले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा एक र्यालीको समेत आयोजना गरिएको थियो । उक्त र्यालीमा ५० जनाको सहभागिता रहेको थियो ।

त्यस्तै, कम्पनीले आफ्नो ७२ औं शो–रुमका रुपमा राजधानी काठमाडौको बालाजुमा नयाँ शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुम सञ्चालनका लागि आवर मोटर प्रा. लि. आधिकारिक बिक्रेताका रुपमा अनुबन्धित भएको छ । उक्त शो–रुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली सिनेमा क्षेत्रका कलाकार/नायक शिव श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.