ग्रामीण क्षेत्रमा वित्तिय सेवा पुर्याउन सानिमा बैंक र यू के ऐड सक्षमबीच सम्झौता

  २०७३ असोज १३ गते १६:२०     विकासन्युज

काठमाडौं, १३ असोज । सानिमा बैंक लिमिटेड र यूके ऐड सक्षम एक्सेस टु फाइनान्सबीच ग्रामीण क्षेत्रमा प्रत्यक्ष वित्तिय पहुँच पुर्याउने सम्बन्धि सम्झौता भएको छ । उक्त दुई कम्पनीले नेपालमा मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागी साझेदारी गरेका हुन् ।

sanima_agree_uk_ad_sakkxyam

उक्त साझेदारीमा सानिमा बैंकका तर्फबाट सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् ।

हाल यो क्षेत्रमा बढ्दै गएको विपन्न कर्जाहरु जस्तै कृषि कर्जा तथा साना तथा मझौला कर्जा समेट्नका लागी कालिकोट जिल्लामा सानिमा बैंकको नँया शाखा सञ्चालन गरिने बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बांके, सखुंवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् ।

कालिकोटमा प्रस्तावित उक्त शाखाले बैंकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पु¥याउने योजना रहेको छ । बैंकले उपरोक्त जिल्लाहरुमा अवस्थित शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

सानिमा बैंक स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउदै जाने योजना रहेको सानिमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत चन्दले बताएका छन् ।

अन्य बैंक तथा वित्तिय संस्थाबाट बित्तीय सेवा परिपूर्ति नभएका समुह/माजलाई सानिमा बैंकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास यू.के. ऐड सक्षमका टिम लिडर बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.