भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नारायणगढ शाखा स्थानान्तरण

  २०७३ असोज २० गते १७:५१     विकासन्युज

काठमाडौं, २० असोज । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नारायणगढ शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई बिहीबारदेखि साविक नारायणगढ, पुरानो वजार क्षेत्रबाट नारायणगढको मुख्य वजार क्षेत्र, लायन्स चोकमा स्थानान्तरण गरेको छ ।

vibor_bank_narayad_branch_t

उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशिल राज पराजुलीले गरेका छन् । उक्त अवसरमा अध्यक्षले बैंकको शाखा संजालको माध्यमद्धारा सरल तथा स्तरीय बैंकिङ्ग सेवाबाट ग्राहक महानुभावहरु थप लाभान्वित हुने बताएका छन् ।

उक्त बैंकले विभिन्न शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टर गरी कुल ४३ स्थानहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.