प्रभु को–अपरेटिभकाे सातौ साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पास

  २०७३ कार्तिक ३ गते १६:२१     विकासन्युज

काठमाडौं, ३ कात्तिक । प्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न सर्भिस लिमिटेडको सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
prabhu_cooperative
सर्भिस लिमिटेडले सेयरसदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.माउत्कृष्ट अंकल्याउने छात्राहरुलाई पनि पुरस्कृत गरेको छ । छात्रातर्फ शेयर सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेललाई पुरस्कृत गरेको छ ।

साधारण सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभालाई सम्बोधन गर्दै सेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा सदस्य केन्द्रीत नयाँनयाँ योजना ल्याउने थकालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.