ज्योति विकास बैंकले ११ प्रतिशत बोनसका साथै सतप्रतिशत हकप्रद निष्कासन गर्ने

  २०७३ कार्तिक ५ गते १३:३३     विकासन्युज

jyoti_bikas_bankकाठमाडौं, ५ कात्तिक । ज्योति विकास बैंकले सेयरधनीलाई ११ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले सतप्रतिशत (१००) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ९८ करोड ७० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ पुग्ने छ । शुक्रबार बैंकको प्रतिकित्ता सेयर करिब ४१८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.