तीन महिनामा एक खर्ब २६ अर्ब राजस्व उठ्यो, लक्ष्यभन्दा ११ प्रतिशतले बढी

  २०७३ कार्तिक ६ गते १०:५०     विकासन्युज

mofकाठमाडौं, ६ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले एक खर्ब २६ अर्ब ११ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । संकलित राजस्वको लक्ष्यको तुलनामा ११ प्रतिशतले बढी हो ।

सरकारले चालू आवको सो अवधिमा एक खर्ब १४ अर्ब ७८ करोड २३ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । समीक्षा अवधिमा संकलित राजस्वमध्ये एक खर्ब १३ अर्ब १३ लाख रुपैयाँ कर राजस्व हो भने १२ अर्ब ८२ करोड ४० लाख गैर कर राजस्व भएको अर्थ मन्त्रायय राजस्व व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

सरकारले तीन महिनामा करबाट एक खर्ब एक अर्ब ५० करोड ९२ लाख र गैर करबाट १३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले जानकारी दिए ।

सरकारले गत आर्थिक वर्ष २०७२÷७३ को पहिलो तीन महिनामा ७५ अर्ब ६६ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । संकलित राजस्वमध्ये कर ६५ अर्ब ६९ करोड ६१ लाख रुपैयाँ कर राजस्व हो । सो अवधिमा ९ अर्ब ९६ करोड ५२ लाख राजस्व गैरकर राजस्व संकलन गरेको थियो । गत वर्ष सीमा नाका बन्द तथा भूकम्पको प्रभावका कारण राजस्व संकलनमा असर परेकोले थियो ।

चालू आवको असोज महिनामामात्र सरकारले ४६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । असोज महिनामा संकलित राजस्वमध्ये ३६ अर्ब १९ करोड १३ लाख कर र वाँकी गैरकर राजस्व हो । गत आवको असोज महिनामा २२ अर्ब ५८ करोड ५९ लाखमात्र राजस्व संकलन भएको थियो ।

संकलित राजस्वमध्ये १५ अर्ब ९७ करोड १५ लाख कर र ६ अर्ब ६१ करोड ४४ लाख गैर कर राजस्व भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ । गत आवमा असोज महिनादेखि तराई मधेश बन्दका कारण आयात निर्यातमा असर परेको सो कारणले भन्सार महसुल एवम् मूल्य अभिवृद्धि कर कम संकलन भएकोले उक्त महिनामा राजस्व संकलन हुन नसकेको हो ।

सरकारले चालू आवमा ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.