सेतिदोभानको विकासमा अग्रुसर हुने प्रतिबद्धता

  २०७३ कार्तिक ६ गते १२:२१     विकासन्युज

काठमाडौं ६, कात्तिक । सेतिदोभान–काठमाडौं सम्पर्क मन्च आफ्नो गाउँको विकासमा सक्रिय हुने प्रतिवद्धता गरेको छ । संस्थाले शनिवार नयाँ वानेश्वर स्थित होटल अर्यालमा आयोजना गरेको ‘दशैं–तिहार शुभकामना आदान– प्रदान कार्यक्रम’मा सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
setidovan-1मञ्च स्याङ्जा जिल्लाको सेतिदोभान गाविस सम्बन्धित रहेर हाल राजधानी काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा संलग्नहरुको एकमात्र गैरराजनीतिक संस्थाको रुपमा चिनिन्छ ।

कार्यक्रममा डेढ दशकभन्दा बढीको लामो इतिहास बोकेको संस्था विभिन्न कठिनाइका कारण सुस्ताउँदै गएकोमा अब नयाँ जोश र जाँगरका साथ संस्थालाई अघि बढाउने प्रतिबद्धता संस्थाका पदाधिकारीले व्यक्त गरे ।

‘विभिन्न समस्याले हाल संस्थाले सोचेजसरी र लक्ष्यअनुरुप काम गर्न नसकेको अवस्था छ । तर, अब संस्थालाई नयाँ जोश र जाँगरका साथ सक्रिय बढाउँदै काठमाडौंमा रहेका सेतिदोभानबासीहरुको हित र सेतिदोभानको उत्थान र उन्नयनमा लाग्नेछौं,’ संस्थाका अध्यक्ष रामकृष्ण शर्माले भने ।

शर्माले संस्था आर्थिक अभाव तथा धेरैको वेवास्ताका कारण समेत जति सक्रिय हुनुपर्ने हो त्यति सक्रिय हुन नसकेको बताए । ‘अब भने संस्थालाई अगाडि बढाउन आगामी पुषभित्रै साधारणसभा गरी नयाँ कायर्समिति चुन्ने तथा संस्थालाई विभिन्न कार्यक्रम गरी अघि बढाउँछौं,’ शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.