संविधान संशोधन गर्ने नेपाली काँग्रेसको निर्णय, महाअभियोगबारे संसदीय दलले निर्णय गर्ने

  २०७३ कार्तिक ९ गते १९:१४     विकासन्युज

sher-bahadur-deubaकाठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तराई—मधेश र थारू, आदिवासी जनजातिहरूको माग सम्बोधनका लागि सीमाङ्कन समेतका विषयलाई संबोधन गर्दै संविधान संशोधन गर्ने पक्षमा निर्णय गरेको छ । कात्तिक ४ गतेदेखि जारी बैठकले २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन पार्टीको तर्फबाट आन्दोलनकारी सबै दलहरु, प्रमुख प्रतिपक्षी दल र व्यवस्थापिका—संसद भित्रका सबै दलहरुसँग छलफल र गृहकार्य गरी शीघ्र संविधान संशोधनका लागि अग्रसरता लिने निर्णय गरेको समेत गरेको छ ।

त्यस्तै, गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण सम्बन्धमा गठित आयोगले राजनीतिक दलहरुको सुझाव र सहमतिको आधारमा पुनःसंरचना कार्य यथाशीघ्र टुंगो लगाई निर्धारित समयमा स्थानीय निर्वाचन गराउने वातावरण निर्माण गर्ने निर्णय गरेको छ ।

काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमाथि व्यवस्थापिका–संसदमा अचानक दर्ता भएको भन्दै सो प्रस्ताव व्यवस्थापिका–संसदको विशेषाधिकारको विषय भएकोले पार्टीको संसदीय दलले छलफल गरी टुंगो लगाउने निर्णय गरेको पार्टी कार्यालयले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.