विकासन्युज

मेगा बैंकमा खुल्यो जागिरको अवसर, प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ । बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि धेरै संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ । त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । ईच्छुक आवेदकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

३ महिनामा बीपीसीको नाफा २३५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।   गत आवको सोही अवधिमा बीपीसीको नाफा २ करोड १५ लाख रुपैयाँ मात्र थियो । विद्युत उत्पादनमा भएको वृद्धि र विद्युत महशुल निर्धारण आयोगले बिजुलीको महशुल बढाएपछि यसको असर खुदनाफामा परेको हो । समीक्षा अवधिमा कम्पनीले आँधिखोला र झिम्रुक आयोजनाको बिजुली बेचेर कुल २१ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ । गत वर्षको सोही अवधिमा १ रुपैयाँ २८ पैसा मात्र थियो । कम्पनीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ ।  

अपि पावरको नाफमा गिरावट

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा अपि पावर कम्पनी लिमिटेडको खुदनाफा घटेको छ ।गत असोजसम्म कम्पनीले १ करोड ६५ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ ।   गत आवको सोही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनमा कम्पनीको खुदनाफा ५ लाख रुपैयाँ घटेको छ । बिजुली बेचेर हुने आम्दानीमा गिरावट आएपछि नाफा घटेको अपीले जनाएको छ । चालु आवको ३ महिनामा अपीले ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा अपीको आम्दानी ४ करोड ६१ लाख रुपैयाँ थियो । नाफामा कमी आएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आई ६ रुपैयाँ ३२ पैसामा सीमिति भएको छ । कम्पीको संचित कोषमा १० करोड ५२ लाख रुपैयाँ छ ।  

प्राइम लाइफ इन्स्योरेन्सको नाफामा १७९ प्रतिशतले वृद्धि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले तीन महिनामा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले तीन महिनामा ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । दाबी भुक्तानी पनि गत वर्षको प्रथम त्रैमासमा ७ करोड ८२ लाख रुपैयाँ भएकोमा यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ मात्र भएको छ । आम्दानीमा उच्च वृद्धि र दाबी भुक्तानीमा उच्च गिरावट आउँदा कम्पनीमा नाफामा राम्रो सहयोग मिलेको छ । कम्पनीको व्यवस्थापन खर्च ६ लाख रुपैयाँले मात्र वृद्धि भएको छ । चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ । लामो समय विभिन्न समस्याबाट गुज्रिएको यो कम्पनी पछिल्लो समयमा सहि ट्रयाकमा अगाडि बढेको देखिएकाे छ ।

२० अर्ब कर हिनामिना गर्ने फछ्र्याेट आयोगका अध्यक्ष महत र ढकालले गरे आत्मसमर्पण

काठमाडौं । तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेलमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल सम्पर्कमा आएपछि उनीहरुलाई जेल चलान गरिएको हो । विशेष अदालतले महत र ढकालसंग बुधबार बयान लिएको थियो । गत असोजमा दुबैले वयानका लागि पत्र बुझे पनि नआएपछि पक्राउ परेका हुन् । छानविनपछि परार भएका महत र ढकाललाई अख्तियारले गत असार ८ गते एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो । कर फच्यौट आयोगको सदस्य चुडामणि शर्माले आर्थिक अनियमितता गरी राज्यलाई २० अर्ब रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियारले दायर गरेको आरोपपत्र विचारधिन रहेको छ । अख्तियारले साउनको पहिलो साता नै अध्यक्ष महत, आयुत्त ढकाल र सदस्यसचिव शर्मा विरुद्द १० अर्ब २ करोड बिगोदाबीसहितको मुद्दा दायर गरेको थियो । अनियमित ढंगले व्यवसायीलाई कर छुट दिएर दिई साढे २० अर्ब रुपैयाँ बढी नोक्सानी पुर्याएको आरोपमा अख्तियारले जेठको दोस्रो साता तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । कर असुलीमा विवाद आएपछि सरकारले २०७१ मा चाटर्ड एकाउन्टेट लुम्बध्वज महतको अध्यक्षतामा ३ सदस्य कर फछ्यौट आयोग गठन गरेको थियो । आयोगले १ हजार ६९ करदाताबाट असुल हुनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ०७२ मंसिरमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विवरण बुझाएको थियो । यो समग्र राजश्व उठाउने वक्यौता रकमको ६८.७३ प्रतिशत मिनाहा दिइ सम्झौता भएको थियो । महालेखा परीक्षकको कार्यलय र संसदीय समितिले भ्रष्टचार भएको देखाएपछि अख्तियारले अनुसन्धान थालेको हो । आयोग तत्कालि प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालमा अर्थमन्त्री डा. रामशरण महतले गठन गरेका हुन् । डा. महतले आयोगको बचाउ गर्दे आएका छन् । यता शेरबहादुर देउवा नेतृत्वको सरकारले महत र ढकाललाई जेल पठाएको छ ।  

ओरियन्टल होटलका नाफा बढेर २ करोड ५५ लाख

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको खुदनाफा ०.१४ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा होटलले २ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । आम्दानीमा कमी आएपनि खर्च कटौतीले नाफामा सामान्य वृद्धि भएको ओरियन्टलले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा ०.११ प्रतिशत कमी आएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख १६ हजार नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ २३ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस ३० रुपैयाँ थियो । कम्पनीको संचित कोषमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।

सानिमामाई हाइड्रोपावरको खुदनाफा घटेर १५ करोड १९ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको छ । कम्पनीले बिजुली बेचेर गर्ने आम्दानीमा पनि गिरावट आएको छ । चालु आवको असोजसम्म कम्पनीले बिजुली बिक्री र अन्य स्रोतबाट गरी २९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४१ पैसा छ । कम्पनीको संचित कोषमा ४४ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटका सानिमा क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।

सिन्धुलीमा प्राकृतिक देवदेवीका आकृतिहरु फेला परेपछि भक्तजनहरुको घुईचो

सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउ“पालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्रानकृतिक शिव लिंङग लगायतका विभिन्न देव देवताका आकृतिहरु फेला परेपछि पुजा अर्चना गर्ने भक्तजनको घुईचो लाग्न थालेको छ । चुरे पहाड जंगलको श्रृखलामा एक महिना अगाडी स्थानीय बासिन्दा जंगबहादुर माझीले सपनामा कम्पन आउदा फेला पारेको शिवलिंङग लगायत गणेश, गढीमाई, ईच्छामाई, चमेलीमाई,जलदेवी, हनुमान पाईला, सतीदेवी बैश्मदेवी पापधर्म मोचन, ईच्छाधारी नाग, कालीनाग, लगायतका देवदेवीहरुका प्राकृतिक आकृतिहरु फेला परेपछि सो स्थानमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्न थालेको छ । फेला परेका प्राकृतिक शिवलिंङगलाई स्थानीयले जलेश्वर महादेवको नाममा दैनिक रुपमा पुजा आराधना गर्दा कतिपय भक्तजनहरुको मनोकांक्षा समेत पुरा भएपछि स्थानीय श्रद्धालु भक्तजनहरुले ती प्राकृतिक देव देवीहरुका आकृतिहरुको संरक्षणकालागि सरकारी सम्बन्धित निकायले चा“सो देखाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताएका छन् । चुरे पहाडको वन श्रृखलामा देव देवीका आकृतिहरु फेलापरेपछि सिन्धुली जिल्ला विभिन्न स्थान तथा सर्लाही,महोतरी,धनुषा,रौतहट लगाएत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरुको आगमन हुन थालेकाले सो स्थानमा श्रावण महिनामा महोदेवको शिललिंङगमा जल चढाई मेला लगाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताए । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको हरिवनबाट करिव १२ किलो मिटरको दुरीमा सिन्धुलीको क्यानेश्वर पथराही,पानतले हुदै सो स्थानमा पुगिने भएपछि नया“ पाकृतिक देवदेवीको आकृति अवलोकन गर्न तथा पुजा अर्चना गर्नेहरुको भीड बढेको स्थानीय समाजसेवी रामशरण स्यांतानले बताए । सिन्धुली जिल्लाको क्यानेश्वरमा जिल्लाकै सबैभन्दा ठुलो ऐतिहासिक कुण्डताल भएको स्थान नजिकै प्रूाकृतिक देव देवीको आकृतिहरु पेला परेपछि क्यानेश्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास र बिस्तार गर्न समेत सघाउ पुग्ने स्थानीय जनप्रतिनिधि बालकृष्ण नेपाल बताउनु हुन्छ । सिन्धुलीको क्यानेश्वरको चुरे पहाड वन श्रृखलामा फेला परेका विभिन्न देव देवीका आकृतिहरु खोटाङ जिल्लाको हलेसी महादेवस“ग मिल्ने प्रकृतिका प्राकृतिहरु आकृतिहरु देखिएपछि स्थानीयले संरक्षण तथा मठ मन्दीरको निर्माण गर्ने तयारी समेत गरिरहेका छन् ।