२०७३ जेठ २० गते ९:३६ विकासन्युज
काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठौ बर्ष पुरा गरि नवौैं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा कम्पनीले केन्द्रीय कार्यालय तिनकुने, काठमाडौं तथा क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
सो अवसरमा गुँरास लाईफ इन्स्योरेन्स केन्द्रीय कार्यालयमा १०० जनाले रक्तदानमा भाग लिएका थिए । साथै क्षेत्रीय कार्यालय बिर्तामोड अन्तर्गत ईटहरीमा ६६ जनाले रक्तदान गरेका कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.