पीडावासीको पीडा पुछ्दै प्रगतिशील मञ्च

  २०७३ जेठ २१ गते ४:३७     विकासन्युज

काठमाडौं, २५ बैशाख । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले भुकम्पपीडितलाई राहत वितरण गरेको छ । मञ्च नेकपा एमाले निकट व्यवसायीको संस्था हो । मञ्चका अध्यक्ष नरेश गेलालको नेतृत्वमा गएको टोलीले धादिङको पीडा गाविसका करिब ३ सय परिवारलाई वितरण गर्ने गरी १५ थान त्रिपाल, १४० बोरा चामल, १५ बोरा चिउरा, १०० केजी दाल, १०० केजी नुन र १०० केजी चिनी, १५० लिटर तेल, ५० कार्टुन चाउचाउ तथा चियापत्ती, औषधि, साबुन, लगायतका सामग्री स्थानीय समितिलाई हस्तान्तरण गरेको बताइएको छ ।

pragatisil_manchसो क्षेत्रमा त्रिपालको माग अत्यधिक भए पनि विक्रेताले उपलब्ध गराउन नसक्दा बिहीबार १५ वटा मात्रै वितरण गरिएको र १३५ वटा शुक्रबार वितरण गरिने मञ्चले जनाएको छ । अध्यक्ष गेलाल, महासचिव राजेन्द्र भण्डारी र व्यवसायीहरु सरोज पोखरेल, कमल सापकोटा बलबहादुर तामाङ, कुमार केसी, एलपी साँवा, हरि थापा, भीष्मराज शर्मा , तथा एससीएम मेनपावरका कर्मचारीहरु संलग्ने टोलीले भूकम्पका कारण ज्यान गुमाएका २ जनाको परिवारलाई नगद १० हजारसमेत प्रदान गरेको थियो ।

सो गाविसमा ९० प्रतिशत घरमा क्षति पुगेको, ३ सय जना घाइते भएको, १२० जना जति अभैm उपचाररत रहेको र ५ जनाले ज्यान गुमाएको सो गाविसका स्थानीय बासिन्दासमेत रहेका भण्डारीले बताए । यसअघि गत आइतबार मञ्चले सिन्धुपाल्चोकको मेलम्ची अध्यक्ष नरेश गेलालको नेतृत्वमा ११० बोरा चामल, १०० बोरा दाल, १०० लिटर खाने तेल, १०० किलो नुन, १२० थान त्रिपाल, १२० थान म्याट्रेस लगायतका सामग्री वितरण गरेको थियो ।