सिजि नेक्स्ट जेनको नयाँ सोरुम अब ललितपुरको पुल्चोकमा

  २०७३ असार १ गते ११:२०     विकासन्युज

काठमाडौं, १ असार । सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी ईन्डियाका कार्यकारी निर्देशक शसांक श्रीवास्तवद्वारा समुदघाटन गरिएको हो ।

suzuki_brandनेपालको लागी अधिकारिक बिक्रेता सिजी मोटोकर्पले नेपाली अटो बजारमा सबै भन्दा ठूलो बजार हिस्सा ओगट्न सफल भएको छ । ग्राहकले गाडी किन्दा धेरै गर्व महशुस गर्नका साथ उच्च सेवाको आकांक्षा राखेको हुन्छ । गा्रहकको यो मनसायलाई ध्यानमा राखी सीजी मोटो कर्पले सिजि नेक्स्ट जेन सुरु गरेको छ । सिजि नेक्स्ट जेन सोरुममा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्व स्तरीय सेल्स अनुभव प्रदान गर्नेछन् । कम्पनीका अनुसार सिजि नेक्स्ट जेन मार्फत ग्राहक वर्गले प्रिमियम माहोल साथ उच्च स्तरीय सेवा प्राप्त गर्नेछन् ।

सिजि नेक्स्ट जेनको कार्यकारी निर्देशक करण चौधरीका अनुसार गा्रहकलाई उच्च अनुभव र विश्व स्तरीय सेवा प्रदान गर्न कम्पनीले उच्च प्राथमिकता राखेको हुनाले सिजि नेक्स्ट जेन अरु कम्पनीको सोरुम भन्दा फरक हुने विश्वास राखेको छ । कम्पनीले आगामी दुई बर्षभित्रमा मुलुकका प्रमूख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.