२०७३ असार ३ गते ८:२७ विकासन्युज
काठमाडौं, ३ असार । नेपालमा होन्डा मोटरसाईकल र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग प्रा.ले विपुल क्षेत्री सँगको साझेदारीमा बहुप्रतिक्षित एल्बम “माया” आफ्नो सोसल मिडिया च्यानलहरुमा निःशुल्क डाउनलोड उपलब्ध गराएको छ ।
होन्डाले विपुल क्षेत्रीको एल्बम “माया” का सबै आठ वटा गीतहरु बिहीबारदेखि निःशुल्क डाउनलोड गराएको छ । होन्डाले प्रत्येक हप्ता आफ्नो प्रशंसकहरुको लागि एउटा गीत रिलिज गर्नेछ र एक रुपैंया पनि नतिरिकनै डाउनलोड सुविधा दिनेछ । नेपालमा नै पहिलो पटक यसरी एउटा अटोमोबाइल ब्रान्डले संगीतकारसंग साझेदारी गरी नयाँ एल्बम नै निःशुल्क डाउनलोड गर्न दिंदैछ ।
निःशुल्क डाउनलोड बाहेक, होन्डाले ‘विपुल क्षेत्री कभर सङ कन्टेष्ट’ शुरु गरेको छ जसमा नेपालमा बस्ने नेपालीले विपुल क्षेत्रीको कुनै एउटा गीत गाएर कन्टेस्ट च्यानलमा अपलोड गरी प्रतियोगितामा भाग लिन सक्नेछन् । विपुल क्षेत्री र होन्डाले सो कन्टेस्टको विजेता घोषणा गर्नेछन् । विजेताले नगद पुरस्कार १ लाख र विपुल क्षेत्रीलाई भेट्ने मौका प्राप्त हुने । होन्डाका अनुसार अहिलेका युवा पुस्ताका अधिकांशले नेपाली संगीतको कभर गीतहरु गाउन रुचाउछन् र यो कन्टेस्टले उनीहरुको प्रतिभा देखाउने उत्कृष्ट प्ल्याटफोर्म प्रदान गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.