२०७३ असार १२ गते ८:११ विकासन्युज
काठमाडौं, १२ असार । लेनोभो स्मार्टफोनले आक्रामक बजार विस्तारका लागि मूल्य घटाएको छ । लेनोभोको नेपालको आधिकारिक बिक्रेता लाइफ कम प्रालिले उपभोक्तालाई सस्तो फोन उपलब्ध गराउन मूल्य घटाएको जनाएको छ ।कम्पनीका अनुसार लेनोभोको ए३१९डब्लु, ए३२९डब्लु, ए५३६डब्लु र ए५००० श्रेणीका स्मार्टफोनको मूल्यमा उच्च कटौंती गरिएको छ । अब लेनोभोको ए३१९डब्लुको ६ हजार ७ सय ५० रुपैयाँ , ए३२९डब्लु ८ हजार १ सय ५० रुपैयाँ, ए५३६डब्लुको १० हजार ६ सय ५० रुपैयाँ र ए५०००को १२ हजार ८ सय ५० रुपैयाँ मूल्यमा उपभोक्ताले किन्न पाउने कम्पनीले जनाएको छ ।
यसअघि ए३१९डब्लु, ए३२९डब्लु, ए५३६डब्लु र ए५०००को स्मार्टफोनको मूल्य ७ हजार ५ सय, १० हजार, १२ हजार २ सय र १५ हजार २ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्य घटेका उत्पादनमा समेत ग्राहकले क्यास काउन्ट योजनामा सहभागी हुन पाउने छ । कम्पनीले क्यास काउन्ट योजना अन्तर्गत प्रत्येक लेनेभो स्मार्टफोनको खरीदमा एउटा स्क्रयाच कार्ड पाउने र त्यसमा स्योरशट पाँचसयदेखि एक लाख रुपैयाँसम्म पाउने योजना ल्याएको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.