फोर्स मोटरका शोरूम अब बिर्तामोड, विराटनगर र राजविराजमा

  २०७३ असार १४ गते ७:१०     विकासन्युज

काठमाडौं, १४ असार । फोर्स मोटरर्स लि इन्डीया को नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि.ले आफ्नो डिलर बिर्तामोड, विराटनगर र राजविराजमा विस्तार गरेको छ । स्थानीय बिक्रेता शिदार्थ अटो ट्रेडिङमार्फत झापाको बिर्तामोडमा केआर अटो मोबाइल्स मार्फत मोरङ्को विराटनगरमा र मास ग्लोबलमार्फत सगरमाथाको राजविराजमा डिलरको विस्तार गरिएको हो । साथै, फार्स मोटरका ब्राण्डहरु क्रमश, ट्रेक्स क्रुसियर जिप, ट्रेक्स कार्गो किंग, ट्रम्प ४०, बलवान ट्राकटर लगायतका गाडीहरुको लन्चिङ कार्यक्रमको आयोजना गरिएको थियो ।

Jhapaसोहि अबसरमा फोर्स माटरर्सका उत्पादहरु ट्राभलर मिनी बस, ट्रेक्स गुर्खा जिप, फोर्स एम्बुलेन्स लगाएतका गाडीहरुको बारेमा पनि जानकारी गराईएको कम्पनीले जनाएको छ । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल, फोर्स मोटर्स लि इन्डियामा इन्टरनेशनल सेल्स डिभिजनका सह प्रबन्धक सुनिल सान्क स्थानीय संचालक, स्थानीय ब्यापारी, बैंकर्स, यातायात समितिका पदाधिकारी लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार बिगत केहि वर्ष फोर्सले नेपामा आफ्नो आधिकारिक आयातकर्ता र बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । यस भन्दा अगाडी आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैरीधारा र पोखराको बुद्धचोकमा आफ्नो शोरूम संचालनमा ल्याइसकेको कम्पनीले जनाएको छ ।