२०७३ असार २१ गते ११:५२ विकासन्युज
काठमाडौं, २१ असार । पिनाकल ब्राण्डले सुन्धारास्थित सिभिल मलमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय फ्रान्चाइज स्टोरहरु सञ्चालनमा ल्याएको छ । उक्त ब्राण्डले मलको पहिलो स्टोर आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहनाहरु उपलब्ध गराएको छ ।
हलिउड र बलिउडका कलाकारहरु माझ लोकप्रिय रहेको आम्रपाली ब्राण्डका गहनाहरु आकर्षक डिजाइन र विश्वस्तरीय कालिगढीका लागि प्रख्यात रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आम्रपालीका स्टोर भारत, अमेरिका, बेलायत र जापानमा समेत रहेको छ ।
यसैगरी प्लानेट फेशन नामको स्टोरबाट पिनाकलले लुइ फिलिप, एलेन सली र भ्यान ह्युजिन जस्ता ब्राण्डका पुरुष पहिरनहरुको बिक्री गर्नेछ । भारतमा समेत २४० भन्दा बढी स्टोर रहेको प्लानेट फेशनमा विश्वस्तरका औपचारिक र अनौपचारिक दुवै प्रकारका पहिरन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
पिनाकलले श्रावण ५ गतेसम्म आफ्ना स्टोरहरुमा खरीद गर्ने ग्राहकहरुलाई १० प्रतिशत सम्म प्रवद्र्घन छुटको व्यवस्था गर्ने भएको छ । पिनाकल ब्राण्डले यो वर्षभित्रै अन्य ३ फ्रान्चाइज स्टोरहरु थप गर्ने योजना बनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.