यामाहाको सडक सुरक्षासम्बन्धी कार्यशाला

  २०७३ असार २१ गते १२:३६     विकासन्युज

काठमाडौं, २१ असार । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, एमएडब्लु इन्टरप्राइजेजले मंगलबार काठमाडौंमा सडक सुरक्षासम्बन्धी एकदिने कार्यशाला आयोजना गरेको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले प्रेसिडेन्सियल बिजनेस स्कुलका विद्यार्थीलाई सडकमा सवारी चलाउँदा र हिंड्दा अपनाउनुपर्ने सावधानीहरुबारे सचेतना कार्यक्रम आयोजना गरेकोे हो ।

Yamaha_workshop‘यामाहा सेफ राइडिङ साइन्स’ (वाइएसआरएस) नाम दिइएको कार्यशालामा करिब एक सय विद्यार्थीलाई दुर्घटनाका कारण, यसबाट बच्ने उपाय, सवारी हाँक्दा अपनाउनुपर्ने सावधानी, जटिल ट्राफिक अवस्थालाई मूल्यांकन गर्ने वैज्ञानिक उपाय, ‘राइडिङ पोस्चर’, ‘ब्रेक टिप्स’ र ट्राफिक नियम पालनाको आवश्यकताबारे समेत जानकारी गराइएको थियो । वाइएसआरएस यामाहाले विश्वव्यापी रुपमा संचालन गर्दै आएको ‘सीआरएस इनिसिएटिभ’ हो जुन जापान, भारत र अन्य दक्षिण एसियाली मुलुकमा सफल भइरहेको छ ।

कार्यशालामा इन्डिया यामाहा मोटर प्राइभेट लिमिटेडका नेटवर्क एन्ड डिलर डेभलोपमेन्ट एसिस्टेन्ट जनरल म्यानेजर नाओकी तानी र एक्पोर्ट डिपार्टमेन्टका हिमांशु शर्माको पनि उपस्थिति थियो । उनीहरुले यामाहाले चालक र पैदलयात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यशालापछि विद्यार्थीहरुका लागि प्रयोगात्मक सेसन पनि संचालन गरिएको कम्पनीले जनाएको छ ।

एमएडब्लुले विगत केही वर्षदेखि वाइएसआरएस कार्यशालालाई नियमित रुपमा संचालन गर्दै आएको छ । यो कार्यशालाबाट दर्जनौं कलेजका हजारौं विद्यार्थी लाभाविन्त भएका छन् । अत्याधुनिक एफआई प्रविधिजडित एफजेड–एस एफआई र एफजेड एफआई अहिले नेपाली बाइकरको रोजाइमा परेका छन् । यी बाहेक एमएडब्लुले आर१५, आर१५ भी २, स्यालुटो, रे जेड र फेसिनो लगायतका दुईपांगे विक्री गर्दै आएको छ । बेजोड पावर, पर्फर्मेन्स र माइलेजका कारण यामाहा बाइक सबै उमेर समूहमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.