२०७३ असार २७ गते ११:०१ विकासन्युज
काठमाडौं, २७ असार । ३० हजार भूकम्प पीडितले घर बनाउन सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्ममा ३० हजार २ सय ६५ परिवारले निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेका हुन् ।
उनीहरुको बैंक खातामा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले सो रकम राखिदिएको हो । त्यसै गरि हालसम्म २ लाख ३३ हजार ९ सय ८४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले साउन मसान्तभित्रै सबै भूकम्प पीडितलाई पहिलो किस्ताको रकम उपलब्ध गराईसक्ने योजनासहित काम गरिरहेको जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.