२०७३ साउन २ गते ५:२५ विकासन्युज
काठमाडौं, २ साउन । मिथिला लघुवित्त विकास बैंकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । मिथिलाले एक सय रुपैंयाँ मुल्य अंकित एक लाख ६९ हजार ७ सय ७४ कित्ता हकप्रद सेयरका लागि दरखास्त आव्हान गरेको हो ।
यो सेयर खरिदका लागि साउन १९ गतेदेखि भदौं २१ गतेसम्म आवेदन दिन सकिनेछ । मिथिलाले सिभिल क्यापिटल मार्केट्स लिमिटडलाई बिक्रि प्रबन्धक तोकेको छ । कुल ३ करोड ३९ लाख ४८ हजार चुँक्ता पुँजी रहेको मिथिलाको १३४ रुपैंया ४३ पैसा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.