२०७३ साउन २६ गते ४:४८ विकासन्युज
काठमाडौं, २६ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा १५ जनाका लागि जागिर खुलेको छ । मेलम्ची नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै खुल्ला र आरक्षित कोटामा १५ जनाको दरखास्त आव्हान गरेको हो ।
जस अनुसार प्राविधिक क्षेत्रको छैठौं तहमा एक जना, प्रशासनको पाँचौ तहमा १ जना, पाँचौं तहको प्राबिधिक सहायक तहमा २ जना सव इञ्जिनियर, प्रशासन तर्फ चौथो तहमा ८ जना, असिसटेन्ट सव इञ्जिनियर २ जना र अमिन १ जना रहेको छ ।
एसएलसी देखि स्नातक तह उतिर्णले आवेदन दिन सक्नेछन् । भदौं १५ गते भित्र आवेदन दिइ सक्नुपर्नेछ । नगरपालिकाले परिक्षा मिति समेत तोकिसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.