२०७३ भदौ २३ गते २:२८ विकासन्युज
काठमाडौं २३, भदौ, । वैतडीका स्थानियले बृद्धभत्ता र सुन धरौटी राखेर सडक खन्न थालेका छन् । मणिदत्त बडूले बृद्ध भत्तावापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए ।
सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहोमान्डु दुर्गास्थानदेखी सलनासम्मको ग्रामिण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन् । दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए ।
एकपछि अर्कौ गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले बृद्धभत्ता घरमै नपुर्याई सडकका लागि बुझाए ।असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदात्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए ।
भारतीय सेनाको जिम्दारबाट सेवानिबृत्त भएका तारादत्त बडुले पनि पेन्सनिबाट आएको रकममा थपेर ३५ हजार रुपैयाँ दिएको समाचार विहिबारको अन्नपूर्ण पोष्टमाा छापिएको छ ।
समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षैदेखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्कौ गर्दै २६ लाख रुपैयाँ संकलन गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.