नेपाली जुत्ता घरको समर सेल भदौ ३० गतेसम्म

  २०७३ भदौ २८ गते ४:४५     विकासन्युज

sumer_saleकाठमाडौं, २८ भदौ । नेपाली जुत्ता घरमा सञ्चालित जुत्ता तथा चप्पलको समर सेल मेला भदौ ३० गतेसम्म चल्ने भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ५ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी गत वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि आषाढ २० गतेदेखि शुरु गरिएको हो ।

नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारी पाटी, नमस्ते सुपरमार्केट, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा सञ्चालन गरिएको छ । यो वृहद समर सेल २०७३ मा ५० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सुबिधा रहेको छ ।
यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिनेछ ।
मेलामा मेलामा करिब १ लाख देखी १ लाख ५० हजारको हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करिब ४० देखि ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.