२०७३ भदौ ३० गते ८:५९ विकासन्युज
काठमाडौं, ३० भदौ । नेपाल बायु सेवा निगमको जहाज आपतकालिन अवतरण गरेकोबारे छानबिन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट छानबिन समिति गठन भएको हो ।
मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरि ६ सदस्यिय समिति गठन गरेको हो । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पुर्व उप महानिर्देशक बिनोद कुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य तथा हिमालय एयरलाइसन्का इञ्जिनियर समिर बस्नेत सदस्य रहेका छन् ।
समितिको सदस्य सचिवको जिम्मेवारी इञ्जिनियर रितेश पन्तलाई दिइएको छ । भदौ २६ गते नयाँ दिल्लीबाट उडेको निगमको ९एन एकेडब्ल्यु ए३२० जहाज फ्याप्समा समस्या आएपछि दिल्लीमै आपतकालिन अवतरण गरिएको थियो ।
भदौ २८ गते दिल्लीबाटै काठमडौं उडान भरेको निगमकै ९एन एकेएक्स ए३२० त्रिभुवन विमानस्थलमा टायर पड्किएर आपतकालिन अवतरण गरिएको थियो ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने मन्त्रालयले तयारी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.