२०७३ असोज २ गते १०:२९ विकासन्युज
काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा उक्त सेवाको सञ्चालन गरेको छ ।
देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको सो सेवा विस्तार गरेको बताएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायी विष्णु प्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.