आन्तरिक उडानको भाडा घट्यो, दशैंमा घर जाने हवाई यात्रुलाई राहत

  २०७३ असोज ३ गते ४:५३     विकासन्युज

Lukla-Airport-Nepalकाठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबार(भोली)देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेका हुन् ।

सञ्चालक संघकोे बैठकले काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ भाडा घटाएको छ भने सबैभन्दा टाढाको धनगढीका लागि १९३ रुपैयाँ घटाएको छ ।त्यसैगरी, काठमाडौंबाट बिहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाएको छ ।

निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा समायोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.