२०७३ असोज ८ गते १२:३१ विकासन्युज
काठमाडौं ८, भदौ । सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले रारावासदेखि रारा तालसम्मको नयाँ पर्यटकीय प्याकेज बनाएको छ । नेपालका नयाँ र संभावना बोकेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न अग्रसर यो संस्थाले हालसम्म आधा दर्जन भन्दा बढी नयाँ पर्यटकीय गन्तव्यको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाइउको छ ।
यो संस्थाले एक साताको स्थलगत भ्रमण गरेरै राराबास देखि रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउको जानकारी दिएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके (गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाएको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।
रारा राष्ट्रिय निकुन्ज घोषणा भएपनि २०३२ सालमा रारा क्षेत्रका करीब दुई सय घरलाई सरकारले राराबाट स्थानान्तरण गरेको थियो । त्यो बस्ति बाँके, बर्दियासहितका क्षेत्रमा पुगेका छन् । राराको स्थलगत भ्रमणमा जाने प्याकेज सोही रारा तालको किनारबाटै विस्तापित भएको एक घर बाँकेको गाभरभ्यालीमा रहेको छ ।
सोही घरमा रहेको होमस्टेमा पर्यटक रारा तालकको यात्राका लागि जाने पर्यटककको बसाई हुने भएकोले सोट्टोले प्याकेजको नाम नै राराबासदेखि रारा तालसम्म तय गरेको हो ।
पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, राजनीतिज्ञ, सरकारी निकायका पदाधिकारीहरु र पर्यटन पत्रकारहरुसहित दुई दर्जन व्यक्तिहरुको सहभागिता रहेको एक फार्म टुर सोट्टोले आयोजना गरेको थियो ।
गत भदौ ३० देखि असोज ७ सम्मको यो स्थलगत भ्रमणपछिको पर्यटकीय प्याकेज तयार भएको हो । बर्दियादेखि रारासम्म रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको अवलोकनका साथै कर्णालीका जिल्ला–जिल्लाका पर्यटकीय सम्पदाहरुको विकासमा पर्यटन प्याकेज निर्माण गरेर अगाडि बढिने बताइएको छ ।
त्यस क्षेत्रको पर्यटनका सम्भावना र पर्यटनबाट लिन सकिने फाईदाका विषयमा सरोकार पक्षलाई भोक जगाईदिएको छ । सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भ पारेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले स्थलमार्गको प्रयोग गरेरै यो भ्रणत तय गरेको र स्थलमार्ग प्योकज नै तय गरेको जानकारी दिएको छ ।
स्थलमार्गको प्रायोग गरेर जान चाहने पर्यटकका लागि २५ देखि ३० हजार र जहाजमा जान चाहने पर्यटकका लागि ४० देखि ४५ हजार रुपैयाँ सम्मको प्याकेज तयार भएको सोट्टोको भनाइ छ । यो प्याकेज सात देखि १० दिनको हुने र पर्यटकले ग्रामिण जनजीवनको अध्ययन गर्दै रारासम्म पुग्न सक्ने पनि उल्लेख छ ।
भ्रमणलगतै सोट्टोले अब रारा क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक पठाउनको लागि गृहकार्य सुरु भैसकेको सोट्टो–नेपालका अध्यक्ष खड्काले बताए । फार्म टुर अबधिभर सँगै रहेका नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबास देखि रारातालसम्मका पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन, बजारीकरणमार्फत उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सबै लागि पर्नुपर्ने बताए ।
उनका अनुसार राराबास (गाभरभ्याली होमस्टे)देखि रारातालसम्म पर्यटकलाई पुर्याउँदाका दुःखहरु के छन् ? भनेर स्थलगत भ्रमण भएको हो । रारामा पर्यटक आए भने त्यसको लाभ तपाई कर्णालीबासी र देशले यी विषयलाई कसरी सम्बोधन गर्न सक्छ भनेर हामी यहाँ आएका हौं ।
यसमा कर्णालीबासी जनताले यहाँको पर्यटनको विकासमा अन्तिम निर्णय लिनुपर्नेछ । प्रमुख थापाले गुनासोमात्र होईन काम गर्न एक भएर जुट्नुपर्ने बताए ।
जुम्लाका सांसद एवं पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले सुन्दर कर्णालीको समग्र पर्यटनको विकासमा आफुले सक्दो बजेट विनियोजन गरेको, त्यसको सदुपयोगमा लाग्न सबैसँग आग्रह गरे । कर्णालीका पर्यटकीय सम्पदालाई राष्ट्रियरुपमा जोड्न र यसको विकासमा आफु संधै लागि पर्ने उनले बताए ।
फार्म टुरमा सँगै रहेका नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणि लामिछानेले कर्णालीका पर्यटकीय सम्पदाहरुबारे यथार्थ सूचना दिन भ्रमण फलदायी बनेको बताए ।
होमस्टे एसोसियसनका अध्यक्ष भिम केसीले बर्दियादेखि मुगुको रारासम्म पर्यटकलाई बसाउने होमस्टेको विकास गरिनुपर्ने र यसका लागि सहयोग गर्न आफुहरु लागिपर्ने बताए । उनले ग्रामिण पर्यटनको प्रवद्र्धनमा थप सहजता गर्ने गरी यो प्याकेज आएको पनि बताए ।
रारामा होटल संचालन गरेर बसेका मुगुका एकमात्र पर्यटन व्यवसायी गोपाल बमले राष्ट्रकै प्रमुख पर्यटकीय क्षेत्र रारालाई सबैले महत्व दिएर लगानी बढाउँदै स्थानीयका साथै राष्ट्रकै आम्दानीमा योगदान दिनुपर्ने बताए ।
उक्त समूहले बाँके–बर्दियामा (गाभर भ्याली होमस्टे अर्थात राराबास), सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्मा, जुम्लाको खलंगा, मुगुको रारातालमा पर्यटकीय सम्भावना र चुनौति विषयमा छुट्टाछुट्टै अन्तक्रिया कार्यक्रम गरेको थियो ।
अन्तक्रियामा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय वासिन्दा, राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी, संचारकर्मीहरु सहितको सहभागीता रहेको थियो । रारा ताल परिसरमा राष्ट्रिय ताल संरक्षण विकास समितिसँगको सहकार्यमा संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि पनि सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपालका थुप्रै नयाँ गन्तव्यहको प्रबद्र्धन र प्याकेजिङ गर्दै आएको छ । रारासम्म पुग्ने सबैले मानव भएर जन्मिएपछि एक पटक धर्तीको स्वर्ग मानिने रारातालसम्म पुग्नै पर्ने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.