सिटिभी मोबाइलको दशैं तिहार योजनामा यमाहाको स्कुटरदेखि मोबाइल उपहार

  २०७३ असोज ९ गते १६:११     विकासन्युज

ctv_mobile_dasai_offerकाठमाडौं, ९ असोज । सिटिभी मोबाइलले आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ । उक्त योजना असोज ७ गतेबाट मंसिर ७ गतेसम्म लागू हुने छ ।

कम्पनीले दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

योजनाको समय अवधिभर मोबाइल खरीद गर्ने ग्राहकहरुबीच लक्कि ड्र गरि प्रथमलाई यामाहा कम्पनीको फसिन स्कुटर प्रदान गर्ने छ । त्यसैगरि दोस्रोलाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुनेलाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ । सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ ।

यो योजनामा सहभागी हुने ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्ड भिजनबाट मोबाइल खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने बताउँदै द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले मेलामा दिइएको विभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।