एलजीको नयाँ शोरुम टान्डीमा

  २०७३ असोज ११ गते १६:०५     विकासन्युज

lg_new_showroom_tandiकाठमाडौं, ११ असोज । सिजी इलेक्ट्रोनिक्सले ‘वादे रेडियो टिभी सेन्टर’ नामक नयाँ शोरुम टान्डीमा खोलेको छ ।

एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्ने र नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउने उद्देश्यले सो स्थानमा शोरुम खोलेको कम्पनीले बताएको छ । उक्त नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत एलजीका कुनै पनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । साथै, उद्घाटन दिनदेखि दैनिक रुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्ने कम्पनीले बताएको छ ।