२०७३ असोज १३ गते १६:३९ विकासन्युज
काठमाडौं, १३ असोज । बर्जर पेन्ट्सले सफल योजना बर्जर रंगफ्युजनको विजेताहरुको घोषणा गरेको छ । कार्यक्रममा योजना प्रबद्र्धक हास्यकलाकार सन्दीप क्षेत्रीले नर्णायक मण्डलीबाट छानिएका उत्कृष्ट २ सय घरहरु मध्येबाट ११ जना भाग्य शाली विजेताहरुको नामलक्की ड्र मार्फत निकालेका थिए ।
विजेताहरुमध्ये काठमाडौंका शन्त गिरीले बम्पर उपहार स्वरुप पल्सर २२० सी.सी. बाइक जितेका छन् । विराटनगरका भक्तबहादुर खत्री र काठमाडौंकी राधिका भेटवालले एक–एक थानडियो स्कूटर जितेका हुन् । यसैगरी, बुटवलका त्रिलोचन ज्ञवाली,अनुलमान सिंह र विराटनगरका खिलनाथ दाहालले सामसङ ग्यालेक्सी एस् सिक्स एडज फोन जितेका छन् ।
यसका साथै, काठमाडौंका कृष्णकुमार लामा, जनकपुरका महाशंकर साह, विराटनगरका गणेश कार्की, नेपालगञ्जका सबिनाशाही र काठमाडौंका रमेश थापाले क्रमशः एक–एक थान सामसङ् ग्यालेक्सी ए सेभेन जितेका छन् ।
सो कार्यक्रममा कम्पनीले शहरोन्मुख शहरहरुबाट योजनामा सहभागिता जनाएका २१ उत्कृष्ट घरधनीहरुको पनि घोषणा गरेको छ । जसले सामसङ् ग्यालेक्सी जे सेभेन मोबाइल फोन उपहार स्वरुप प्राप्त गरेका कार्यक्रम आयोजकले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.