२०७३ असोज १४ गते १७:३० विकासन्युज
काठमाडौं, १४ असोज । सरकारले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिएको छ । बिहीबार सम्ममा सो रकम भुकम्प पीडितकोे खातामा जम्मा भएको प्राधिकरणले जनाएको छ ।अनुदान रकम लिन विभिन्न जिल्लाहरुका बैंकहरुमा भूकम्प पीडित घरधनीहरुको भीड लाग्ने गरेको जानकारी प्राप्त भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ ।
बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिन्छ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
पुननिर्माण प्राधिकरणका अनुसार घर पुनर्निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानूनी कारवाही हुने छ । अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न प्राधिकरणले सुझाव दिएको छ । साथै, अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न प्राधिकरणले जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.