सोट्टो नेपालद्वारा एक सातासम्मको रारा प्याकेज सार्वजनिक, स्थलमार्गबाट २२ हजार र हवाई मार्गबाट ३८ हजार लाग्ने

  २०७३ असोज १८ गते १०:५७     विकासन्युज

काठमाडौं । सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले रारा पर्यटनको प्याकेज सार्वजनिक गरेको छ । सो सोट्टोले स्थालमार्गबाट तथा हवाई मार्गबाट मुगु जिल्लाको पर्यटकीय गन्तव्य रारा पुग्ने प्योकज सार्वजनिक गरेको हो ।

सोट्टो नेपालले गत असोज पहिलो साता गरेको काठमाडौंबाट बाँकेको गाभर भ्याली, सुर्खेत, कालिकोट, जुम्लाहुँदै रारासम्मको स्थलगत अध्ययन भ्रमण गरेको थियो ।  सोही भ्रमणपछि पर्यटकीय प्योकज नै सार्वजनिक गरेको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए
rara-package-aaaounce-progr
। सोट्टाले सार्वजनिक गरेको टुर प्योज अनुसार हवाइजहाजमार्फत हुने यात्राका लागि चार दिने प्याकेज सार्वजनिक गरेको छ । यस्तो यात्राका लागि काठमाडौंबाट नेपालगन्ज पुग्ने र गाभरभ्यालीमा एक रात बसेर हवाई मार्गबाटै मुगुको चाल्चा विमानस्थलसम्म पुग्ने उल्लेख छ ।

यो यात्रामा दोस्रो दिन नै रारा पुगिने छ । रारामा एक रात बस्ने तेस्रो दिन फर्केर नेपालगन्ज हुँदै काठामाडौं आउने प्याकेजको जम्मा ३८ देखि ४० हजार रुपैयाँ तय गरेको छ ।

स्थलमार्गबाट जाने पर्यटकको हकमा भने काठमाडौंबाट बाँकेको गाभर भ्याली पहिलो दिनेको यात्रा तय गरेको छ । दोस्रो दिन सुर्खेत दैलेख हुँदै कालिकोट, तेस्रो दिन, कालिकोटबाट जुम्ला, चौथो दिन जुम्लाबाट मुगुको रारातालको यात्रा गर्न सकिने प्याकेज सार्वजनिक भएको छ ।

पाँचौ दिन राराबाट सोही रुट फर्कने गरी आठ दिनको प्याकेज बनाएको सोट्टो नेपालले बताएको छ । स्थलमार्गको प्याकेजका लागि भने ६ जनाको समूहका लागि प्रतिव्यक्ति २२ देखि २५ हजार रुपैयाँको प्याकेज तय गरेको उल्लेख छ । स्थलमार्गबाट ग्रामिण जीवनको अध्ययन गर्दै रारा जाने उपयुक्त अवसर हुने पनि सोट्टोको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.