चारतारेकै स्तरबाट पाँचतारेको सेवा दिँदै हिमालय होटल, ३६ वटा कोठा तत्काल थप गर्ने तयारी

  २०७३ असोज २० गते ९:३३     विकासन्युज

काठमाडौं २०, असोज । राजधानीको चारतारे होटल हिमालयले आफ्नो स्तर र क्षमता बढाउने भएको छ । होटलले पाँचतारे सरहको सेवा र सुविधा दिइरहेको छ भने स्तर वर्गिकरणमा भने चार तारे मात्रै लिएको छ ।

होटलले कोठा र सेवा सुविधा थप गरेर पाँचतारेको भन्दा पनि गुणस्तरीय सेवा सुविधा दिने भएपनि स्तर वर्गीकरणमा भने चार तारेकै लिने जानकारी दिएको छ ।

होटलमा हाल १२५ कोठा रहेको भएपनि सेवा र सुविधा विस्तारका लागि अझैं ३६ वटा कोठा थप गर्न लागिएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रल्हादराज कुँवरले बताए ।

उनका अनुसार होटल ५७ रोपनी क्षेत्रफलमा फैलिएकको यो होटल संचालमा आएका पाँचतारेको सेवा सुविधा भन्दा राम्रो सुविधा प्रदान गरिहेको छ ।hotel-himalaya-pool

यो होटलले तारा पनि स्तारोन्नति गरेर पाँचतारे लिने भनेपनि होटलमा आउने यूरोपेली युनियन, विश्व खाद्य कार्यक्रम, एनजीओ र आइएनजीको ठूलो ग्रुपबाट राम्रो व्यापार लिएको छ ।

यस्तो ग्रुप पाँच तारे होटलमा नबस्ने र सेवा सुविधा पाँचतारे वा सो भन्दा बढी भएपनि चारतारे भन्न सहज हुने भएकोले ती ग्रुपको हिमालय होटलमा आकर्षण हुने गरेको पनि होटल स्रोतको भनाइ छ ।

होटलका अनुसार स्तर निर्धाणर होटलले चाहेकै समयमा हुने भएकोले पनि गुणस्तर र ब्राण्डमा पहिलो प्राथमिकता हुने उल्लेख छ ।
होटललमा भएको सेवा सुविधा र एउटा कोठा थप गर्ने लाग्ने करिब एक करोडको लगानिले पाँचतारे वा सो सरहको सेवा सुविधा होटलमा रहेको छ ।

होटलमा जुनियर स्वीट्स, एक्जुकेटिभ र डिलक्स रुम रहेका छन् । थप हुने कोठमा एउटा प्रेसिडेन्टल स्वीट्ससहितको अन्य एक्जुकेटिभ र डिलक्स रुम थप हुने होटलले जानकारी दिएको छ ।

होटलमा पाँच तारेका लागि चाहिँने सबै सेवा सुविधा पुगिसकेको छ । राजधानीका अन्य होटल एक सय कोठमा नै पाँचतारे भएका छन भने हिमालयको अहिले नै १२५ वटा छ भने थप ३६ वटा थप हुनुले यसको सेवा सुविधा र गुणस्तरलार्य पनि बढाउने होटलको दाबी छ ।

चार तारे होटलमा स्तर निर्धारण गरेको भएपनि यो होटलको गुणस्तर, सेवा र सुविधा पाँच तारेसरहकै रहेको पनि कुँवरले बताए । हाल नेपालमा हिमालय र शंकर होटल मात्रै चारतारे स्तरमा संचलान भएका छन् ।

पाँचतारे होटल भने हाल नौ वटा संचालनमा रहेका छन् । आगामी तीन वर्ष भित्रमा थप आधा दर्जन चारतारे होटल थप गर्ने घोषणा पनि विभिन्न व्यवसायीक समूहले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.