सेल्फी खिच्न स्मार्टफोनका लागि उत्कृष्ट एपहरू

  २०७३ असोज २७ गते ८:५५     विकासन्युज

photograph_appsकाठमाडौं, २७ असेज । वर्षमा एकपटक आउने दशैंमा जसलाई पनि राम्रो फोटो निकाल्ने र भविष्यका लागि मेमोरी बनाउने अनि सामाजिक सञ्जालमा सेयर गर्ने इच्छा त भइहाल्छ।

दशैंमा आफन्तले टिका लगाइदिएको वा अन्य कुनै पनि घटनाहरु जिन्दगीभरका लागि विर्सन नसकिन क्षण हुन्छन।

इन्स्टा पिकफ्रेम

यो एप गुगल प्ले स्टोर र आइओएस को एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको इन्सट्यान्ट सेल्फि खिचेर लगभग एकसय भन्दा धेरै इफेक्ट र फ्रेममा फोटो राख्न मिल्छ।

पिप क्यामेरा

यो पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। विभिन्न इफेक्टमा सेल्फिको मजा लिन सकिने यो एपमा अरुमा भन्दा फरक किसिमका फ्रेममा फोटो खिच्न सकिन्छ।

स्विट सेल्फि

यो एप पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको यसमा धेरै किसिमका इफेक्टहरु रहेका हुन्छन जसका कारण तपाईको फोटोलाई आफ्नो इच्छा अनुसार इफेक्ट हालेर परिवर्तन गर्न सक्नुहुनेछ।

क्यामेरा ३६० डिग्री

यो एप पनि गुगल र आइओएस दुवै एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो विशेषता भनेको तपाइले यसमा टाइम सेट गर्न सक्नुहुनेछ जसका कारण तपाईले मोवाइललाई अलि टाढा राखेर पनि आफ्नो बडिको हाउभाउ मिलाउन पाउनुहुन्छ। यसले तपाईलाई १० सेकेन्डसम्मको समय दिन्छ। वा तपाईले टाइम सेट नगरी पनि सेल्फिको मजा लिन सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.