२०७३ असोज २८ गते ९:०१ विकासन्युज
काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ ।
सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ ।
अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ ।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.