२०७३ असोज ३० गते ७:४६ विकासन्युज
काठमाडौं, ३० असोज । इन्टरनेट जाइन्ट कम्पनी गुगलले दुई वटा नयाँ स्मर्टफोन पिक्सल र पीक्सल एसएल सार्वजनिक गरेको छ। इन्टरनेट सर्च इन्जिन गुगल र भिडियो सर्च इन्जिन युट्युवमा एकछत्र राज गरेको गुगलले महत्वकांक्षि लक्षका साथ यी स्मार्टफोनहरु सार्वजनिक गरेको जनाएको छ।
यसका साथै दुईवटा हार्डवेयर उत्पादन पनि बजारमा ल्याएको छ । गुगलले एप्पल र अमेजन जस्ता प्रतिद्वन्दीका उत्पादनलाई टक्कर दिनका लागि नयाँ ब्राण्ड लन्च गरेको हो ।
पीक्सलको मूल्य झण्डै ५० हजार र पीक्सल एक्स एलको मूल्य ६१ हजार भारतीय रुपैयाँ तोकिएको छ । दुबै स्मार्टफोनको बिक्री २० अक्टोबरबाट शुरु हुने कम्पनीले जनाएको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.