ओम र मनास्लु एक आपसमा गाभिने, पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्ने

  २०७३ कार्तिक १ गते १३:२३     विकासन्युज

काठमाडौं, १ कात्तिक । ओम डेभलपमेण्ट बैंक र मनास्लु विकास बैंक एक अर्काबीच गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने नीतिपति यी दुई संस्था एकआपसमा गाभिन लागेका हुन् ।
om_manaslu_bank

मर्जरपछि बन्ने बैंकको नाम ओम डेभलपमेण्ट बैंक रहने छ । अध्यक्षमा ओमका अध्यक्ष सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओमकै विश्वमोहन अधिकारी तथा नायब प्रमुख कार्यकारी अधिकृतमा ओमकै बुद्धि मल्ल रहने समेत सहमति भएको छ । सहायक महाप्रबन्धकमा भने मनास्लुका निमित्त महाप्रबन्धक दुर्गाराम पुरी रहनेछन् ।

मर्जरपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड, कर्जा १२ अर्ब ६१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै मजैपछि बैंकको ३६ वटा शाखा हुनेछन् । मर्जरपछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ ।

हालै ओमको सञ्चालक समितिले २९ दशमलव २० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८ दशमलव ९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारणसभाले दुबै संस्थाको बोनस पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।