२०७३ कार्तिक ३ गते ८:३८ विकासन्युज
काठमाडौं ३, कात्तिक । त्रिवेणी विकास बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत ४१ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दै छ । यो बैंकले यहि कत्तिक २३ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ ।
बैंकले विद्यमान साधारण सेयर पूँजी ८२ करोड चुक्ता पूँजीमा २ सेयर बराबार १ सेयरको अनुपात एक सय रुपैयाँ अंकित दरका ४१ लाख ७६ कित्ता सेयरको हप्रद निस्कासन गर्ने भएको छ ।
यो बैंकले यही २०७३ असोज ३० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साविक सेयरधनिको लागि हकप्रद निष्कासनको सूचना जारी भएको बैंकले जानकारी दिएको छ । यो बैंकको प्रतिशेयर बजारमा ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.